९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार समाज

४० कुकुरलाई बलात्कार गरेको आरोपमा १० वर्ष जेल सजाय

२९ साउन, काठमाडौं । बेलायतमा कुकुरलाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाइएको छ । आरोपित व्यक्तिको नाम एडम ब्रिटन हो, जो ५३ वर्षका छन् ।

एडमलाई ४० भन्दा बढी कुकुरलाई बलात्कार गरेको आरोपमा दोषी ठहर गरिएको छ । एडम पेशाले प्राणीशास्त्री हुन् र गोहीको विशेषज्ञ मानिन्छन्।

गत महिना एडमले पशु क्रूरताको ५० आरोपमा आफूलाई दोषी स्वीकार गरे। उत्तरी क्षेत्रको सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइका क्रममा एडमले जनावरलाई यातना दिएको भिडियो पनि बनाएको खुलासा भएको थियो ।

उनले जनावरहरूलाई मर्दासम्म यातना दिन्थे। पछि उनले नक्कली नामले इन्टरनेटमा यी भिडियोहरू पनि अपलोड गरे।

सुनुवाइका क्रममा सरकारी वकिलले अदालतमा आरोपित एडमलाई जनावर र विशेषगरी कुकुरसँग यौनसम्पर्क गर्ने बानी रहेको बताए । उनले २०१४ देखि कुकुरलाई बलात्कार गर्दै आएका थिए ।

मुद्दाको गम्भीरता देखेर मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश माइकल ग्रान्टले अदालतको कोठामा उपस्थित सदस्य र सुरक्षाकर्मीलाई बाहिर निस्कन आदेश दिए । मानिसहरू बाहिर निस्किएपछि मात्रै उनले थप कारबाही थाले ।

एडम बेलायतको वेस्ट योर्कशायरमा हुर्केका थिए। एडम पेशाले जीवविज्ञानी हुन् जसले बीबीसी र नेशनल ज्योग्राफिकसँग डकुमेन्ट्री निर्माणमा काम गरेका छन्। एडम २० वर्षअघि बेलायत छोडेर अष्ट्रेलिया गएका थिए ।

एडमले उत्तरी अष्ट्रेलियाको चार्ल्स डार्विन युनिभर्सिटीमा धेरै वर्षदेखि एकेडेमिक पद सम्हालेका छन्। एडमलाई फेब्रुअरी २०२२ मा पक्राउ गरिएको थियो।

अभियुक्त एडमले कुकुरहरू खोज्न अनलाइन बजार प्लेटफर्मको प्रयोग गरे। यस प्लेटफर्म मार्फत उनले डार्विन क्षेत्रका कुकुर मालिकहरूलाई लक्षित गर्थे।

काम वा अन्य कारणले आफ्नो कुकुरका लागि नयाँ घर खोजिरहेका मानिसहरूलाई उनले विशेष गरी निशाना बनाए।

मानिसहरूले उनलाई दिएको कुकुरको बारेमा सोध्दा उनले कुकुर पूर्णतया स्वस्थ भएको बताए र कुकुरका पुराना तस्बिर मालिकहरूलाई पठाउँथे ।

प्रतिक्रिया दिनुहोस्