सामाजिक सञ्जालमा दशरथ रङ्गशालाको चर्को आलोचना
२९ साउन, काठमाडौं । सामाजिक सञ्जालमा अहिले नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको ‘दशरथ रङ्गशाला’को ट्रोल भइरहेको छ । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनियन र भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबबीच भएको एएफसी च्यालेन्ज लिग छनोट अन्तर्गतको खेलमा रङ्गशाला हिलाम्मे भएपछि चर्को आलोचना भएको हो ।
यसअघि पारो एफसीका जापानी स्टार केइसुक होन्डाले दशरथ रङ्गशालालाई आफूले खेलेका अन्य मैदानसँग तुलना गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए । उनै खेलाडी अहिले हिलाम्मे रङ्गशालामा नेपाली क्लबसँग भिड्दैछन् ।
यी विषय जोडेर सामाजिक सञ्जालमा दशरथ रङ्गशालाको चर्को आलोचना गरिएको हो । मङ्गलबार खेल सुरु हुनु पहिले ठूलो वर्षा भएको थियो । यसको प्रत्यक्ष असर रङ्गशालामा परेको छ ।
प्रतिक्रिया दिनुहोस्