३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या ४० हजार पुग्यो

२९ साउन, काठमाडौं । पूर्वी खान युनिसको अबसान अल काबिरा क्षेत्रमा रहेको एउटा घरमा भएको इजरायली आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको अल्जजिराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३२ प्यालेस्टाइनी मारिएका छन् भने ८८ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट कम्तीमा ३९ हजार ९२९ जनाको मृत्यु भएको छ । अन्य ९२ हजार २४० जना घाइते भएका छन् ।

गत  अक्टोबर ७ मा हमासको आक्रमणबाट इजरायलमा एक हजार १३९ जनाको ज्यान गएको थियो । अन्य २०० भन्दा बढीलाई बन्दी बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्