९ आश्विन २०८१, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार

काभामा उत्कृष्ट प्रदर्शन गरेकी निरुता ठगुन्नाको सशस्त्रमा बढुवा

काठमाडौँ । ‘काभा वुमन्स भलिबल नेसन्स लिग-२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीन महिला भलिबल खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

आज प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन् । सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट छन् ।

महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लबमा आबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्दै देश र संगठनको छवि उच्च राख्न खेलेको महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै खुशी प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्