४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या

३० साउन, काठमाडौं । जिल्ला सदरमुकाम  गौरमा गएराति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। गौर नगरपालिका– ५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको हो ।

महतोको शव उनको घरभन्दा दुई सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलीप घिमिरेले बताए । महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको उपरीक्षक घिमिरेले जनाए ।

घटनास्थलमा पुगेको प्रहरीले अहिले सो स्थानमा अनुसन्धान कार्य गरिरहेको उनले बताए । हत्यामा संलग्नहरूको  खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्