३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार

रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि

३१ श्रावण, काठमाडौं । रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गएराती भएको खेलमा इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै मड्रिडले उपाधि जितेको हो ।

रियलका लागि केलियन एमबाप्पेले डेब्यू गोल गरे । डेब्यु खेलमा उपाधि उचाल्दै उनले मड्रिडको यात्रा सुरु गरेका छन् । यस्ते अर्को गोल फेडरिक भेलभेर्डले गरे ।

५८औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्