९ आश्विन २०८१, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार

साफ यु–२० च्याम्पियनसिपका लागि विदेशी टोली आउन थाले

३१ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघले अगष्ट १८ देखि २८ सम्म साफ यु–२० च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ ।

विहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार साफ यु–२० च्याम्पियनसिप २०२४ आयोजना गर्न लागेको जानकारी गराएका छन् ।

प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–२० टोली प्रशिक्षक उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको छ । प्रतियोगिताको उदघाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् भने सेमिफाइनल तथा फाइनल खेलहरु दशरथ रंगशालामा हुनेछन् ।

एन्फा कम्प्लेक्समा भएको खेलको टिकट दर रु तीनसय कायम गरिएको छ भने दशरथ रंगशालामो टिकट दर साधारण पारापिटतर्फ रु दुईसय र भीआइपी पारापिटतर्फ रु पाँचसय कायम गरिएको छ ।

प्रतियोगिताको लागि सहभागी राष्ट्रहरु मध्ये माल्दिभ्सको टोली आइसकेको छ भने श्रीलंका, भारत र भुटान भोली शुक्रबार आइपुग्नेछ । यस्तै, बंगलादेशको टोली शनिबार आइपुग्नेछ ।

सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान, लगनखेल खेल मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको अनुमानित बजेट रु ३,१०,५३,९०० (२३८,८७६ अमेरिकी डलर) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्