४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

मलेसियामा अस्ताएका मान बहादुरको ६ दिनपछि अन्त्येष्टि

३१ साउन, धनगढी । गत साउन २६ गते मलेसियामा अस्ताउका मानबहादुर बिष्टको अन्त्येष्टि गरिएको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ को बासुलिगं घाटमा उनको अन्त्येष्टि गरिएको छ । उनको शवलाई छोरा, दाइ तथा भतिजहरुले दागबत्ती दिएका छन् ।

कामको सिलसिलामा मलेसियामा रहेका बिष्टको शुक्रबार काम सकेर साझँ कोठामा फर्केपछि एक्कासी टाउको दुखेको थियो । त्यसपछि साथीहरुले अस्पताल लगे पनि उनि बाँच्न सफल भएनन् । उपचारको क्रममा शुक्रबार राती १० बजे उनको मृत्यु भएको थियो । सोही दिनदेखी ग्वानी घर भई मलेसियामै कार्यरत पूर्णबहादुर बिष्टसहितको टोलीले मानबहादुरको छिट्टै पोस्टमार्टम गर्न आग्रह गरेका थिए ।

पोस्टमार्टम पश्चात हिजो बुधबार बिष्टको शव काठमाण्डौँ पगाइएको थियो । आज दिउँसो २ बजे शव बिष्टको घरमा पुर्‍याई आजै अन्त्येष्टि गरिएको हो । ४५ वर्षीय बिष्टका श्रीमती, दुई छोरी र एक छोरा छन् । छोराछोरीको भविश्य बनाउन परदेश हिनेका बिष्ट बाकसमा घर फर्किपछि सिगों गाउँ शोकमा डुवेको छ ।

प्रतिक्रिया दिनुहोस्