४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

१५ हजार घुससहित प्रहरीका हवल्दार रंगेहात पक्राउ

३१ साउन, काठमाडौं । नेपाल प्रहरीका हवल्दार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । प्रहरी चौकी भुजुवा, नवलपरासी पश्चिम दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क, रुपन्देहीमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पक्राउ गरेको हो ।

भारतबाट रुपन्देही जिल्लाको भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने भन्दै घुस लिएका हुन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खड्कालाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित सिमरहा चौक नजिकबाट पक्राउ गरेको हो । उनी सीमा क्षेत्रमा बसेर घुस असुल्दै आएको उजुरी पर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्