४ आश्विन २०८१, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार समाचार

चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक

३२ साउन, काठमाडौं । चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ। शुक्रवार सार्वजनिक गरेको टिजरमा एक्सनलाई प्राथमिकता दिएको छ।

चलचित्रका मुख्य कलाकार समीर भट्ट, विराज भट्टलगायत फिचर्ड छन्। यो चलचित्रको मुख्य भूमिकामा समीर छन्। समिर यही चलचित्रमार्फत नेपालीचलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। विराज भट्टको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘१२ गाउँ’बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन्।

विराज भट्ट फिल्म प्रोडक्सन प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ।

प्रतिक्रिया दिनुहोस्