४ आश्विन २०८१, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार समाचार

चलचित्र ‘बुलाकी’ आजबाट प्रदर्शनमा

३२ साउन, काठमाडौँ ।  चलचित्र ‘बुलाकी’ आजबाट प्रदर्शनमा आएको छ । चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो ।  चलचित्रको यो पुनः प्रदर्शन हो । गत वर्षको वैशाखमा रिलिज भएको यो  चलचित्रले उल्लेख्य सोज पाउन नसकेको कारण रिलिज स्थगित गरिएको थियो ।

‘बुलाकी’ कर्णालीको संस्कृति र जीवन शैलीलाई उतारेको  चलचित्र हो । जारी प्रथा (महिलाले अर्को बिहे गरेमा वा श्रीमानसँग बस्न नचाहेमा निश्चित रकम तिरेर छुटिनुपर्ने सामाजिक नियम), बेरोजगारीको समस्या, सन्तान नहुँदाको पीडा, कर्णालीको सङ्घर्षपूर्ण जीवनलाई मियो बनाएर कथावाचन गरेको छ ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, धनबहादुर राई, झलनाथ खत्री, सुशील पोखरेल, कुलदीप अधिकारी, लक्ष्मण देवकोटा लगायतको अभिनय छ ।

टोपेन्द्र विष्ट निर्माता तथा शिवराज पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शिव ढकालको छायाङ्कन छ ।

प्रतिक्रिया दिनुहोस्