४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपालले यु-१९ क्रिकेट विश्वकप छनोट आयोजना गर्ने

१ भाद्र, काठमाडौँ । नेपालले आइसिसी यु-१९ पुरुष विश्वकप एशिया छनोट २०२५ आयोजना गर्ने भएको छ।

प्रतियोगिता सन् २०२५ अप्रिल १२ देखि २१ सम्म हुनेछन् । छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुनेछन्।

यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो ।

प्रतियोगिताको विजेताले २०२६ मा आयोजना हुने आईसीसी यु-१९ पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउने छन्।

प्रतिक्रिया दिनुहोस्