३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

विद्युत चुहावट कम गर्ने बैतडीका पौडेल सम्मानित

१ भदौ, काठमाडौ । नेपाल विधुत प्राधिकरणको ३९ औं  बार्षिक उत्सवको अवसरमा सुदुरपश्चिममै विद्युत चुहावट कम गर्नेमा बैतडी बितरण केन्द्र उत्कृष्ट भएको छ ।

शनिबार सम्पन्न भएको प्राधिकरणको ३९औं वार्षिक उत्सवको कार्यक्रममा बोल्दै एक अधिकारीले बैतडी वितरण केन्द्रलाइ सम्मान गरेका हुन ।

सम्मान हुनेमा वितरण केन्द्र प्रमुख जनार्दन पौडेल रहेका छन । उनी गत बर्ष मात्र बैतडीमा जिल्लामा सरुवा भइ प्रमुखको जिम्मेवारी पाएका थिए। पौडेल यस अघि तनहुमा इन्जिनियरको रुपमा कार्यरत थिए । उनले पहिलो पटक प्रमुखको जिम्मेवारी पाउने बित्तिकै उत्कृष्ट कार्य गरेका हुन ।

बैतडी जिल्लाको विधुत चुवावटको लक्ष्य ६.५४ प्रतिशत रहेकोमा केन्द्रले ४.१२ प्रतिशतमा ल्याएको हो ।  साथै राजस्व संकलन १०४ प्रतिशत वृद्धि गरेको हो ।

यस अघि पनि पौडेल आफ्ना उत्कृष्ट कार्यको लागि सम्मानित हुँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्