४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

५५ वर्षिय महिला बेपत्ता

१ भाद्र, काठमाडौं । कैलालीको अत्तरियाबाट एक महिला हराएकी छन । शनिबार गोदावरी नगरपालिका – २ राधाकृष्ण टोलबाट ५५ वर्षिया खिमडी साउँद हराएकी हुन ।

शनिबार बिहान करिब ८ बजेदेखी हराएकी उनको परिवार तथा छिमेकीहरुले खोजी गरिरहेको भएपनि हालसम्म भेटाउन नसकेको छिमेकी शंकर साउँदले जानकारी दिए ।

मानसिक अवस्था खासै राम्रो नभएकि उनले हरियो कुर्ता र सुरुवाल लगाएको उनले बताए । खिमडीलाई कसैले भेटेमा ९८११६९१७९९ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्