४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

बालेन र सुनितालाई जोडेर एआई भिडिओ बनाएको आरोपमा एक युवक पक्राउ

२ भाद्र, काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर विशिष्ट व्यक्तिहरूको फेक भिडिओ बनाउँदै आएका युवक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको हो ।

उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालैमात्र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआई भिडिओ भाइरल भएको थियो । त्यसविरुद्ध सुनीताले साइबर ब्युरोमा उजुरी समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्