४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

कुलमानविरुद्धको उजुरीले रमेश खरेललाई ‘ब्याकफायर’

३ भाद्र,  काठमाडौँ ।  नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको उजुरीले पूर्वडिआइजी रमेश खरेल आफैं बदनाम भएका छन् । सो उजुरीपछि खरेलको चौतर्फी आलोचना मात्र भएको छैन उनीविरुद्ध नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

पर्साको एसपी हुँदा श्रीमतीको नाममा सुराकी रकम खाएको विषयमा आइतबार युवराज सफलले खरेलविरुद्ध उजुरी गरेका छन् । खरेलले आफुले त्यसरी कमिसन लिएको कुरा यसअघि सञ्चारमाध्यममा स्वीकारेका थिए । सोही घटना हाल बाहिर ल्याइएको छ । जसकारण खरेललाई उजुरीले ‘ब्याकफायर’ भएको छ ।

अवकाशपछि मातृभुमी पार्टी खोलेका खरेलले पछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गरेका थिए । गत वर्षको उपनिर्वाचनमा रास्वपाबाट बारामा चुनाव समेत लडे । तर, पराजित भएका उनी पछिल्लो समय रास्वपाबाट अलग्गिएका छन् । एक टेलिभिजनमा कार्यक्रम चलाउने उनी भ्रष्टाचारविरोधी अभियानमा लागेका छन् । आफ्नो कार्यक्रममा पनि उनले कुलमानले ठेक्कापट्टामा अनियमितता गरेको विवरण सार्वजनिक गरेका थिए । अहिले उद्योगीहरुको बक्यौताको विवाद चलिरहेका बेला घिसिङविरुद्ध उजुरी हालेपछि उनको सार्वजनिक छवीमा क्षती पुगेको छ ।

खरेललाई नजिकबाट चिन्नेहरु उनी आफैं खराब व्यक्ति नभएको तर एकतर्फी कुरा सुनेर निर्णय गर्ने व्यक्ति भएको बताउँछन् । कुलमान प्रकरणमा पनि वास्तविकता नबुझी एकपक्षीय कुरा सुनेर उनीविरुद्ध लागेको हुनसक्ने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्