पहिरोमा ज्यान गुमाएका धामी परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख दिने
३ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन् ।
उनले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने जारी शोक वक्तव्यमा उल्लेख गरेका छन् । बझाङको बुङ्गल नगरपालिका-१० का वीरबहादुर धामीको घर माथिबाट गएराति पहिरो खस्दा उनकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्