४ आश्विन २०८१, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

नायिका अरुणिमा लम्सालले गरिन् दोस्रो बिहे

३ भदौ, काठमाडौं । लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले दोश्रो बिहे गरेकी छन् । उनले सोमबार धरान,चतराका युवराज श्रेष्ठसँग विवह गरेकी हुन् ।

युवराज नेपाली कांग्रेसका नेता हुन् । अरुणिमा र युवराजले केही दिनअघि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरिसकेका छन् । सोमबार उनीहरुले आज काठमाडौँको बत्तिसपुतलीस्थित मन्दिरमा विवाह गरेका हुन् । उनीहरु ६ महिनादेखि प्रेमसम्बन्धमा थिए।

अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थिइन् । तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । सन् २०१७ मा डिभोर्स गरेकी थिइन् । पहिलो श्रीमानबाट अरुणिमाको एक छोरी छिन् । २०६०–६५ सालतिरकी निकै चर्चित नायिका अरुणिमा पछिल्लो समय अमेरिका पुगेकी थिइन् । उनका अभिमन्यु,अग्निज्वाला, भरोसा,धड्कन,मेरो प्यारो माइती घर लगायत फिल्म चर्चित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्