४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडरमा सन्दीप लामिछाने नियुक्त

३ भदौ, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

उनी २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् । सन्दीपको साइनिङ प्राइजबारे प्रश्न गर्दा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप आफ्नो लागि भगवान् भएको र भगवानलाई पैसासँग तोलेर अपमान नगर्ने भन्दै रकम खुलाउन चाहेनन् ।

हस्ताक्षरपछि सन्दीपले यस्तो कुराहरूलाई आफूहरूलाई हौसला मिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्