४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

नेपाल प्रिमियर लिग मंसिर १५ देखि हुने

३ भदौ, काठमाडौँ । टी-२० प्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुसम्म चल्नेछ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको लोगो सार्वजनिक गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिमिङले प्रतियोगितामा आउने विदेशी खेलाडीहरूलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्