४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

इन्द्रावती नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

३ भदौ, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुक्खा पहिरोका कारण इन्द्रावती नदीमा बाढी आउन सक्ने जोखिम औँल्याउँदै स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कार्यालयले विज्ञप्ति जारी गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा आज आएको सुक्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएर बाढी आउन सक्ने भन्दै सचेत गराएको हो ।

“पाँचपोखरी गाउँपालिका-७ र ८ मेलम्ची नगरपालिका–७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिका-१०, ११ र १२ लगायतका नदी तटमा बस्ने स्थानीयलाई सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयले आवश्यक परेमा नजिकको सुरक्षा निकाय, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिकामा र कार्यालयको फोन नम्बर ९८५१२४३०८४, ०११६२०४७० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्