४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु

३ भदौ, चितवन । चितवनको माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ का ५० वर्षीय काजिमान प्रजालाई खोलाले बगाएको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उनलाई आज दिउँसो स्याउलीबाट कुसुमखोला बस्ती जाने क्रममा खोलाले बगाएको थियो । उनका अनुसार प्रजाको शव घटनास्थलबाट ५०० मिटर तल भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्