४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

योगी पाइलट बाबाको निधन

४ भदौ, काठमाडौँ। योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिउँसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

डा. मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आइसियुमा राखेर उपचार गरिएको थियो ।

८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्