१३ मंसिर २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

सिधा कुराका समाचार स्रोत तिमल्सिना पक्राउ

५ भाद्र, काठमाडौँ । सीधा कुरा अनलाइनले प्रसारण र प्रकाशन गरेको डार्क फाइल रिपोर्टका सूचनादाता मानिएका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ काठमाडौँको पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो ।

तिमल्सिनाले उपलब्ध गराएको अडियोका आधारमा सिधाकुरामा डार्क फाइल रिपोर्ट बनाइएको थियो । उक्त रिपोर्टलाई लिएर अदालतमा सिधाकुराका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगान र तिमल्सिनाविरुद्ध मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्