४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिमका चन्दलाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता

६ भदौ,  धनगढी  ।  कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री प्रकाश चन्दले एसियन कराँते महासङ्घबाट रेफ्रीको मान्यता प्राप्त गरेका छन् । नेपालमा यो स्तरबाट रेफ्री पास गर्ने निकै थोरै रहेका छन् ।

एसियन कराँते महासङ्घको आयोजनामा फिलिपिन्सको राजधानी मनीलामा सम्पन्न भयको २२ औँ एसियन कराँते प्रतियोगिता तथा रेफ्री सेमिनारमा सहभागी भएका उनले त्यहीबाट लिखित र प्रयोगात्मक परीक्षा पास गरेर  रेफ्री पासको लाइसेन्स  पाएका हुन् । ३२ देशका २०० बढि रेफ्रीहरुले सहभागिता जनाउँदा चन्दसहित ९७ जना मात्रै उत्तीर्ण भएका थिए ।

नेपाल कराँते महासङ्घ राष्ट्रिय रेफ्री कमिसन सदस्य रहेका चन्दले यस अघि भारतको नयाँ दिल्लीबाट जज बी , उज्बेकिस्तानबाट जज ए र अहिले फिलिपिन्सबाट रेफ्री बी पास गरेका हुन्

उनी  राष्ट्रिय खेलकुद परिषद्का कराँते प्रशिक्षक तथा राष्ट्रिय गोजुरियो कराँते दो सङ्घ नेपालका निमित्त प्रमुख प्रशिक्षक समेत हुन् ।

सुदूरपश्चिम धनगढीका चन्दको उपलब्धिलाई आम  रेफ्रीहरूले ठूलो उपलब्धिका रुपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्