४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीलाई प्रश्नः पाँच वर्षे हदम्याद राखेर भ्रष्टचारीलाई बचाउन लागेको हो ?

६ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणको सवालमा आफ्नो काम परिणाममा हेर्न सुझाएका छन् ।

‘म तर्कमा भन्दा परिणाममा विश्वास गर्छु । हामीले घोषाणा गरेका कुराहरु परिणाममा हेरियोस् । आलोचना टिप्प्णी गर्नेतिर लाग्यो भने त्यो फेल खानेछ,’ उनले भने, ‘त्यसकारण परिणाम हेरियोस् । भ्रष्टाचार नियन्त्रणको सवालमा हामी कदम चाल्छौं कि चाल्दैनौं, कानुन अघि बढाउँछौं कि बढाउँदैनौं, रोक्छौं कि रोक्दैनौं या रोक्ने कामलाई प्रभावकारी ढंकले अघि बढाउँछौं कि बढाउँदैनौं । यो कुरा हेरियोस् ।’

आज प्रतिनिधिसभामा रास्वपा सांसद बिनिता कठायतले गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा दायर गर्नुपर्ने प्रस्ताव गरिएको विषय यतिबेला विवादित छ । हाल उक्त विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्