४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

टीकापुर घटनाको ९ वर्ष पूरा

७ भाद्र, धनगढी । टीकापुर घटनाको ९ वर्ष पुरा भएको छ । थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ९ वर्ष पूरा भएको हो ।

२०७२ साल भदौ ७ गते भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा कैद सजायसमेत भोगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर बासीका लागि आजको दिन कालो दिन भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् – ‘सम्पूर्ण टीकापुर बासीका लागि कालो दिन । थारु विद्रोह भएको दिन । हाम्रो श्री सम्पत्ति लुटिएको,आगजनी भएको दिन ।’
कारागारबाट रिहाइ भएको करिब डेढ वर्ष हुँदापनि आजसम्म फुलबारी एफएमको दैलो टेक्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्