४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

७ भाद्र, अछाम । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-५ लयाटी बस्ने अन्दाजी ४५ वर्षका कमल बहादुर शाहीको भिरबाट लडेर मृत्यु भएको हो ।

बिहीबार शाही आफ्नै खेतबारीमा काम गरी घर फर्कने क्रममा बडरुखको भिरबाट १०० मिटर तल खसेर घाइते भएका थिए । उनलाई उपचारका लागि दैलेखको राकम लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्