५ आश्विन २०८१, शनिबार
मनोरन्जन मुख्‍य समाचार

चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

८ भाद्र, काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक भएको छ । हलमा यसअघि नै बजाउन थालिएको ट्रेलर युट्युबमा आज सार्वजनिक गरिएको हो । ट्रेलरमा विवाहका लागि छोरीलाई मनाउन परिवारले गरेको प्रयास, छोेरीले गरेको अस्वीकार र भिन्नभिन्न स्वभावका केटा देखाइएको छ । उमेर बढ्दै जाँदा छोरीको विवाह गर्न हुने सामाजिक समस्यालाई सिनेमाले कमेडी शैलीमा प्रस्तुत गरेको ट्रेलरले संकेत गरेको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, बसुन्धरा भुसाल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचितत्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । यो उनीहरूको डेव्यु निर्देशकीय सिनेमा हो ।

अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् । नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्