५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

बालिकामाथि सामूहिक बलात्कारको आरोपमा ६ जना पक्राउ

९ भदौ, काठमाडौं ।  झापामा १६ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ र सुजन डाँगी रहेका छन् ।

घटनामा संलग्न एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार घटना शुक्रबार रातिको हो । बालिकाले शनिबार जाहेरी दिएपछि ६ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार अर्जुनधारा-८ को नयाँ बजारमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको देखिन्छ । बालिकालाई घुम्न जाने भन्दै बोलाएर राति करिब साढे ८ बजे हटिया लाग्ने स्थान र त्यसपछि करिब ११ बजे होटलमा पुर्‍याइएको देखिएको प्रहरीले बताएको छ ।

अनिष,सरोज र केशवले सुरुमा हटियामा करणी गरेको प्रहरीको दाबी छ । त्यसपछि अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा बालिकालाई लगिएको थियो । होटलमा होटल मालिकसहित चारजना कामदारले करणी गरेको देखिएको प्रहरीले बताएको छ । होटल सञ्चालक राजवंशी हुन् । सुदीप, सुजन र सञ्जीव होटलका कामदार हुन् । होटलका अर्का कामदार फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस्