७ मंसिर २०८१, शुक्रबार
अन्तर्वार्ता मुख्‍य समाचार समाचार समाज

दलीय रुपमा विभाजित भएकाहरुलाई गौरा पर्वले सांस्कृतिक एकता गराउँछ

गौरा सांस्कृतिक एकताको पर्व हो । राजनीतिक रुपमा तछाडमछाड गरिरहेकाहरु वा दलका नेताहरुले समेत काठमाडौंको टुँडिखेलमा आएर एकताको सन्देश दिने गर्छन् । अरु जे भएपनि सांस्कृतिक एकता आवश्यक छ भन्ने सन्देश दिन्छन् । देशलाई जोगाउने नै संस्कृति भएकाले यसको संरक्षण आवश्यक छ ।

  • काठमाडौंमा मनाइने गौरा पर्वको पृथक महत्व छ
  • ‘काठमाडौंमा गौरा पर्व : टुँडिखेलबाट सांस्कृतिक एकताको सन्देश दिन्छौं’

हरि प्रसाद अवस्थी

अध्यक्ष

प्रसंशा संरक्षण समूह

१० भदौ, काठमाडौँ । सुदूरपश्चिमेलीहरुको दशैं तिहारभन्दा विषेश पर्व ‘गौरा’ शनिबारबाट सुरु भएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक एवम लोकप्रिय पर्व गौरा सुदूरपश्चिमका हिन्दु समुदायको महत्वपूर्ण एवम् प्रमुख चाड हो ।

विशेषतः गौरी र महेश्वर (पार्वती र शिव)को पूजा अर्चना गरिने पर्व प्रत्येक वर्ष भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइन्छ । शुक्ल पक्षमा मनाइने गौरालाई ‘उजेली गोरा’ अर्थात उज्यालो गौरा र कृष्णपक्षमा मनाइने गौरालाई ‘अनारी गौरा’ अर्थात अँध्यारो गौरा भनिन्छ ।

शनिबार बिरुडा पञ्चमीमा गौरा हुने घरमा पञ्चअन्न धोएर पर्वको औपचारिक शुभारम्भ भएको छ । विवाहित महिलाहरुले बिरुडा (गत, मास, गुराँस,केराउ,गँहु) भिजाएर गौरा पर्वको सुरुआत गरेका छन् ।

पर्वमा दुबोको पनि पूजा गरिने भएकाले कहीँ कहीँ दुर्वाष्टमी पनि भन्ने गरेको पाइन्छ । गौरा पर्व पश्चातमात्र यस क्षेत्रमा वर्षका अन्य चाडवाडहरु सुरुवात हुने गर्दछन् । गौराका धार्मिक अनुष्ठान र गोरामा गाइने गीत, नृत्यहरुमा यहाँको लोकजीवन, वातावरणीय परिवेशसँग समेत सम्बधित छन् ।

केहीले भदौ ७ गते र केहीले भदौ १० गते गौरा मनाएको समेत पाइएको छ । गौरा पर्व कहिले मनाउने विवाद गरिरहनु उपयुक्त नभएपनि ठाउँअनुसार अक्षांश र देशान्तरको हिसाबले फरक फरक मितिमा गौरा पर्व मनाउने गरिन्छ । तर गौराष्टमीकै दिन हो मुख्यः गौरा मनाइँने । तिथि हेर्ने ज्यातिषहरुले द्धविधामा पार्ने भएका कारण पनि मिति तलमाथि हुनसक्छ ।

गौरा पर्वमा पुरुषहरुको तुलनामा महिलाहरुको भूमिका अझ महत्वपुर्ण हुने गरेको छ । पुरुषहरु सहयोगिको रुपमा मात्र रहन्छन् । बिरुडा, भिजाउने, धुनेदेखि धार्मिक क्रियाकलापसँगै काम गर्नुहुन्छ । गौरा उपास्ने नयाँ विवाहित महिलाहरुले पतिको आयु र पुत्रपुत्रि लागको आर्शिवाद ग्रहणमा समेत महिलाहरुकै सहभागिता हुन्छ ।

गौरा र देउडा संस्कृतिको सम्बन्ध

गौरा पर्व एउटा धार्मिक अनुष्ठान हो । गौरा धार्मिक र सांस्कृतिक पर्व हो । गौरा पर्वमा खेलिने÷गरिने सांस्कृतिक कार्यक्रमअन्तर्गत देउडा पनि पर्छ । देउडा गौरा पर्वको बेला मात्र खेलिन्न । तर, सुदूरपश्चिममा हुने विभिन्न जात्रा र मेलाहरुमा समेत देउडा खेल्ने चलन छ । दशैंपछि सुदूरपश्चिममा जात्राको मौसम सुुरु हुन्छ । देउडा र गौराको पारस्परिक सम्बन्ध नै नभएको होइन तर त्यसभन्दा माथि धुमारी, ढुस्को, खाडो खेललगायतका गीतहरु पारस्परिक छन् । खाडो खेलमा भगवानकै गाथा गाइने गरिन्छ । कृष्ण चरित्र, रामायणलाई त्यहाँको आफ्नै ठेक भाषा र शब्दमा प्रस्तुत गरिने भएकाले संस्कृति र गौरा पर्वको सम्बन्ध समेत उत्तिकै महत्वपुर्ण छ । देउडा मनोरञ्जन गर्ने एउटा र राजनीतिक व्यंग गर्ने अर्को माध्यम पनि हो ।

गौरा पर्व शहरीया मनोरञ्जनमा सिमित हुन थालेको हो ?

गौरापर्वको आकर्षण घटेको अथवा शहरीया मनोरञ्जनमा सिमित भएको भन्न नमिल्ला । बसाईसराई गरेर शहर पसेका परिवारहरुमा बिरुडा र गौरा भित्र्याउने काम बाहेक अन्य काममा त पुरुषहरु पनि त त्यतिक्कै सहभागी हुन्थे । गाउँबाट शहर सर्ने धेरैभएका कारण गाउँमा गौरा मनाउने मान्छे घटेपनि गौराप्रतिको आकर्षण घटेको भन्न मिल्दैन । केही हदसम्म आकर्षण घटेको भन्ने पनि सत्य जस्तै देखिन थालेको छ । रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमबासीहरु गौरा पर्वकै लागि घर फर्किने गरेको भएपनि अहिले त्यस्तो देखिदैन । अनि छोराछोरीलाई सानैमा गुणस्तरीय शिक्षा प्रदान गर्न शहर पठाएका नयाँ पुस्तामा समेत त्यस्तो चिन्ता पाइँदैन । चिन्तित विषय भएपनि गौरा मनाउने विधि विधान कुनै आकर्षण घटेको छैन । म अध्यक्ष रहेको संस्थाले विगत दुई दशकदेखि राजधानी काठमाडौंमा गौरा पर्व मनाइँरहँदा सम्पुर्ण विधि र विधानको आधारमा गर्ने गरेका छ ।

प्रसंशा संरक्षण समूह सुदूरपश्चिमबासीहरुबाटै स्थापित संस्था हो । यस वर्ष राजधानीमा २७औँ वर्षको गौरा पर्व मनाउँदै आएको छ । संस्थामा हाम्रै सुदूरपश्चिमका दाजुभाई दिदीबहिनीहरु छन् । हाम्रो समूहअन्तर्गत चारवटा समाज रहेका छन् । संस्थाले विषेशगरी राजधानी काठमाडौं हुने गौरा पर्वलाई स्थानीय रितिरिवाज र परम्पराअनुसार मनाउनका लागि आवश्यक पहल, समन्यव र स्रोत व्यवस्थापनमा समन्वय समेत गरिराखेको छ । यसले गौरा पर्व शहरीया मनोरञ्जनमा सिमित हुनुहँुदैन भन्ने कुरामा बल पुर्याउँछ । गौरापर्व सांस्कृतिक एकताको पर्व हो । राजनीतिक रुपमा तछाडमछाड गरिरहेकाहरुलाई वा दलका नेताहरुले समेत काठमाडौंको टुँडिखेलमा आएर एकताको सन्देश दिने गर्छन् । अरु जे भएपनि सांस्कृतिक एकता आवश्यक छ भन्ने सन्देश दिन्छ । देशलाई जोगाउने नै संस्कृति भएकाले यसको संरक्षण आवश्यक छ ।

पुरानो पुस्ताले गौरा पर्वको महत्व, महिमा र गरिमा यस्तो हुन्छ भनेर नयाँ पुस्तालाई भन्न चुकेका कारण यसको मौलिकता हराउन थालेको छ ।  मौलिक परम्परा र संस्कृति जगेर्नातर्फ सबै लाग्न जरुरी छ ।

संस्कृति संरक्षण र पूर्वीया संस्कृतिको प्रभाव

संस्कृतिको संरक्षरण चिन्तनशिल हुन जरुरी छ । हाम्रो संस्कृतिलाई मास्नका लागि समेत समय समयमा विभिन्न आक्रमणहरु भएका छन् । अहिले आफ्नो देशको संस्कृति संरक्षण सबै देशको चिन्ताको विषय हो । अन्य मुलुकको संस्कृति लाद्न खोज्दा देश ठूलो समस्यामा पर्नसक्छ । संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि सबैबाट प्रयास हुनुपर्दछ । कुनै पनि देश वा समूदायको संस्कृतिको जगेर्ना गर्न मनाइने पर्वहरुमा समेत भर पर्ने गर्दछ । यसका लागि संस्कृति र सांस्कृतिक चाडहरुको पुस्तान्तरण आवश्यक छ । हामीले आउने पुस्तालाई पुस्तान्तरण गर्न सकिएन भने कुनैपनि समयमा समस्या आउनेतर्फ हामी सचेत हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्