४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

भोलि पनि सार्वजनिक बिदा

१० भदौ, काठमाडौँ । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेश भरि सार्वजनिक बिदा दिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा मंगलबार दिउँसो ३ बजे निकालिनेछ । विराटनगरको रथयात्राका लागि प्रदेश सरकारले १४ वटै जिल्लामा बिदा दिएको हो ।

विराटनगरको रथयात्रामा हजारौँको सहभागिता हुन्छ । विराटनगर महानगरपालिका-१ स्थिति राधाकृष्ण मन्दिरबाट विक्रम संवत् १९८८ सालदेखि ‘खट’ यात्रा सुरु भएको थियो, २०२५ सालबाट रथयात्रा निकाल्न थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्