राताे कागज सवाददाता
8 महिना अघि

११ भाद्र, काठमाडौँ । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको नयाँ फिल्म ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैं’ सार्वजनिक भएको छ।
सोमवार श्रीकृष्ण जन्माष्टमीको अवसरमा यो गीत रिलिज गरिएको हो, जसले फिल्मप्रति दर्शकहरूलाई थप उत्साहित बनाएको छ। कल्याण सिंहको संगीतमा आधारित र हर्क साउदको शब्द रचनामा रहेको यस गीतमा निशान भट्टराई र समीरा थपलियाको सुमधुर आवाजले जीवंतता दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया