रास्वपाको केन्द्रीय समिति बैठक जारी
११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ ।
बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।
बैठकमा राष्ट्रिय भेलाका साथै पार्टीका समसामयीक गतिविधिबारे छलफल भइरहेको पाटी सहप्रवक्ता मनिष झाले बताए ।
साथै बैठकमा निलम्बित महामन्त्री मुकुल ढकाललाई सोधिएको स्पष्टीकरण र उनले उल्टै पार्टी सभापति रवि लामिछानेलाई गरेका प्रतिप्रश्नबारे पनि बैठकमा छलफल हुनेछ ।
रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा. ढकाललाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट हटाउने विषयमा छलफल हुने एक नेताले बताए ।
त्यसैगरी, बैठकमा आगामी असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।
रास्वपाले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्