५ आश्विन २०८१, शनिबार
समाचार समाज

मुना पाण्डेको हत्यामा संलग्न व्यक्तिको तस्बिर सार्वजनिक

काठमाडौँ । प्रहरीले अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक गरेको छ।

नेप्योर्कका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्।

होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया पाण्डेको आफ्नै घरमा हत्या गरिएको थियो । फुटेजमा देखिएको ती व्यक्ति मुनाका प्रेमी भने नरहेको बताइएको छ ।

प्रहरीले अभियुक्त पहिचानका लागि चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न आग्रह गरेको छ ।

मुना भोजपुरकी हुन् । उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

मुनाको शव पोस्टमर्टम गरी ह्युस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्