५ आश्विन २०८१, शनिबार
समाचार समाज

काभ्रेमा बसले किचेर महिलाको मृत्यु

१४ भाद्र,  काठमाडौँ । काभ्रेमा बसले किचेर महिलाको मृत्यु भएको छ । भुम्लु गाउँपालिका १० छपन्न किलोमा काठमाडौंबाट बाह्रबिसे जाँदै गरेको बा २ ख ९०६४ नम्बरको बसले बिहीबार साढे सात बजे ठक्कर दिएको हो । गम्भीर घाइते भएकी महिलाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक महिलाको नाम खुलेको छैन । बस चालक सिन्धुपाल्चोकका रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

उता, काभ्रेको नमोबुद्धमा एक बालिका मृत भेटिएकी छिन् । नमोबद्धु–६ बस्ने १३ वर्षिय खुशी न्यौपाने मृत भेटिएकी हुन । दाप्चा खोलाको दहमा उनको शरिर भेटिएको हो।

प्रतिक्रिया दिनुहोस्