५ आश्विन २०८१, शनिबार
अन्तराष्ट्रिय समाचार समाज

भारतमा भीषण बर्षा, ३५ जनाको मृत्यु

१४ भाद्र,  काठमाडौँ । भारतको गुजरात राज्यमा विगत तीनदिन यता आएको बाढीका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँको मौसम विभागले बिहिवार थप ठुलो पानी पर्ने जनाएको छ ।

बाढीका कारण ३० हजार मानिस आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन् । बिजुलीको पोल ढल्दा १ हजार भन्दा बढी गाउँहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

गत साता मात्र उत्तरपूर्वी राज्य त्रिपुरमा आएको बाढीका कारण त्यहा २० जनाको मृत्यु भएको थियो । यसैगरि बंग्देशमा बाढीकै कारण ४० जनाको मृत्यु हुनुकासाथै ३ लाख मानिस घर छोड्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्