१२ औँ वार्षिक उत्सवको अवसरमा देशैभर मानसेवा आश्रमद्वारा रक्तदान कार्यक्रम
१४ भाद्र, काठमाडौं । मानव सेवा आश्रम मुख्य कार्यालय हेटौँडाको १२ औँ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।
देशभरका सात प्रदेशको १८ जिल्लामा आज भएको रक्तदान कार्यक्रममा ३ सय ६२ जनाले रक्तदान गरेका थिए ।
काठमाडौँमा २८, भक्तपुरमा २१, ललितपुरमा ३०, लमजुङमा २०, सर्लाहीमा ३२, हेटौँडामा २७, गोरखामा २५ जनाले रक्तदान गरेका छन् ।
त्यस्तै विरगञ्जमा २०, जनकुपरमा २६, धनगढीमा १६, विरानटनगरमा ३०, झापामा ३२, कास्कीमा ३२, वाग्लुङमा १६, रुपन्देहीमा २३, नेपालगंजमा ३३, दाङमा १४ र सुर्खेतमा ११ जनाले रक्तदान गरेको मानव सेवा आश्रमले जनाएको छ ।
सम्बन्धित जिल्लाको रेडक्रस सोसाइटीसँग समन्वय गरी कार्यक्रम गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्