सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता
१५ भाद्र, काठमाडौं । कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ।
अखिल नेपाल फुटबल संघको २०८१ भदौ ११ र १३ गतेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न फूलबारीको डिपो बजार नजिक धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको ५ बिघा जमिनमा कम्तिमा ५ हजार दर्शक बस्ने प्याराफिटसहितको प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता गरिएको छ। एकेडेमी निर्माण गर्न पहिलो चरणमा एक लाख अमेरिकी डलर बजेट विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्