५ आश्विन २०८१, शनिबार
समाचार समाज

सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित

१५ भाद्र, धनगढी । नेपाल औषधि ब्यबसायी संघ सुदूरपश्चिम प्रदेशको दोश्रो साधारणसभामा सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित भएका छन् ।  । नेपाल औसधि ब्यबसायी संघ सुदूरपश्चिमको प्रदेशको दोश्रो अधिबेशनको उदघाटन सत्रमा प्रदेशमै सबैभन्दा धेरै पटक रक्तदान गरेको भन्दै स्वयंसेवी रक्तदाता दीपक उपाध्याय सम्मानित भएका छन । उपाध्याले हालसम्म १०६ पटक रक्तदान गरिसकेका छन ।

उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि औसधि ब्यबस्था बिभागका महानिर्देशक नारायण प्रसाद ढकालले सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका छन । कार्यक्रममा उपाध्यायसंगै स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विभिन्न ब्यक्ति सम्मानित भएका छन ।
उपाध्यायलाई प्रदान गरिएको सम्मानपत्रमा रक्तदान जीवनदान भन्ने मुल मन्त्रबाट अभिप्रेरित भई मानव जीवन रक्षाका लागि  हालसम्म १०६ पटक रक्तदान गर्नुका साथै रक्तदानको बिषयलाई सामाजिकरण एबम जागरण गराउने कार्यमा यहाँले पुर्‍याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै आगामी दिनमा समेत निरन्तर सेवा गरिरहनु हुनेछ भन्ने अपेक्षा राख्दै यहाँको उत्तरोत्तर प्रगतिको शुभकामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ

 

प्रतिक्रिया दिनुहोस्