५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

धनगढीमा खुला उड्ने चराको घर निर्माण गरियो

१५ भाद्र,  धनगढी । कैलालीको धनगढीमा पहिलोपटक खुला उड्ने चराको घर निर्माण गरिएको छ ।  खुला उडानले पछिल्लो समय हुँदै गरेको वनविनाश र जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै चराहरूको बासस्थानमा सहज होस् भन्ने उद्देश्यले चराहरूको घर निर्माण गरेको छ ।

चराहरूलाई घाम पानी असिना हावाहुरी तथा विभिन्न समस्याबाट केही भएपनि राहत पाउन भन्ने उद्देश्यले खुला उडानले सो घरको निर्माण गरेको हो । मानव जगतका लागि मात्रै नभएर प्राणी जगतका लागि भने खुला उडानले गरेको यो कार्य सरानीय रहेको र यो कार्यबाट धेरै चराचुरुङ्गीहरुले सुरक्षित स्थान पाउने धनगढी उपमहानगरपालिकाका स्थानीय तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक आत्माराम भट्टले बताए ।

नगरपालिका तथा विभिन्न सरकारी निकायहरूबाट यस्ता चराचुरिङका बासस्थानहरूलाई स्थापना गर्न सकेमा अझ उत्कृष्ट हुने प्राध्यापक भट्टले बताए । यो कार्य पर्यावरण र वातावरणका लागि अति उत्कृष्ट भएको र समाजमा मानव जातिसँग चराचर जगतलाई जोड्नका निमित्त र कसरी मिलेर बस्ने भन्ने एउटा उदाहरणको रुपमा यो खुला उडानले गरेको चराघर रहेकोे स्थानीय टेकनाथ अधिकारीले बताए । यस्ता कार्यहरू धनगढीभरि र समग्र विश्वभरि नै लागू हुनुपर्ने स्थानीय अधिकारीले बताए ।

 

खुला उडानले विगत लामो समयदेखि गर्दै आएको कार्य उत्कृष्ट रहेको र यो चराघरले चराचुरुङ्गीहरूलाई हावाहुरी तथा विभिन्न विपदको बेला चरा हरुलाई विशेष सहायता हुने र खुला उडानले गरेको यो कार्य सम्पूर्ण नगरपालिका तथा अन्य सरकारी पक्षले पनि कार्यान्वयन गर्नुपर्ने सोही ठाउँमा व्यापार गर्दै आएकी स्थानीय व्यापारी गीता चौधरीले बताइन् ।

पछिल्लो समय चराचुरुङ्गीको बासस्थान कम हुँदै गरेको अवस्थामा खुला उडानले कुनै पनि सरकारी सहयोग तथा गैरसरकारी संघसंस्थाहरूको सहयोग बिना नै यो चराघरको निर्माण गरेको र अझ पसल राम्रोसँग चल्न सकेमा थप गर्दै जाने खुला उडानकी सञ्चालक महेश्वरी रेग्मीले बताइन् ।

 

पछिल्लो समय बढ्दै गरेको जलवायु तथा सहरीकरणको मारमा परेका चराचुरुङ्गीलाई केही राहत होस् भन्ने उद्देश्यले यो चराहरूको निर्माण गरिएको र आफ्नो घरमा भएको केही खानाहरू बाँचेको खण्डमा यो चरा घरमा ल्याएर सहयोग गरिदिनुहुन खुला उडानका अर्का सञ्चालक कमलकुमार ऐडीले बताए ।

 

पछिल्लो समय मानव बस्ती बढ्दै गएको क्रममा कंक्रिटका घर हरू बढ्दै गएको र वनविनाश हुँदै गरेको अवस्थामा चराचुरुङ्गी हरू लाई बासस्थानको अभाव हुँदै आएको र यसको केही हदसम्म भएपनि समस्या कम होस् भन्ने उद्देश्यले यो चराघरको निर्माण गरिएको खुला उडानका परिकल्पनाकार आमोद किशोर दाहालले बताए ।

खुला उडान एक दुई जना विद्यार्थी तथा आफूले मिलेर सञ्चालनमा ल्याएको र सफल भएमा सम्पूर्ण जनसमुदायले सेवा पाउने र असफल भएमा स्वयं तथा एक दुई जना विद्यार्थीको मात्रै परिश्रम जाने परिकल्पनाकार आमोद किशोर दाहालले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्