५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

१६ भाद्र, काठमाडौं । कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार गोदावरी नगरपालिका – १ धनगढी रोडमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा चालक धनगढी उप– महानगरपालिका २ भन्सार रोडका  २९ वर्षीय कैलाश थापाको मृत्यु भएको हो ।

६ लेन सडक छेउमा रोकिएको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किदा गम्भिर घाइते भएका थापाको सेती प्रादेशिक अस्पतालमा पु-याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार धनगढी उप–महानगरपालिका – २ भन्सार रोडका  २५ वर्षीय भुपेश पाल घाइते भएका छन । उनको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले ट्रक, ट्रक चालक बझाङको बित्थडचिर गाउँपालिका – २ का २४ वर्षीय भरत बोहरा र मोटरसाइकललाई नियन्त्रमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्