५ आश्विन २०८१, शनिबार
समाचार

धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु

भाद्र १६ धनगढी ।  रेन्ट लागेर धनगढीमा एक युवकको मृत्यु भएको छ । आइतबार धनगढी उपमहानगरपालिका – ५ तारानगर स्थित गोपि कृष्ण जोशीको भवन निर्माणका क्रममा करेन्ट लागेर कैलारी गाउँपालिका – ६ का ३२ वर्षीय चन्द्रे चौधरीको मृत्यु भएको हो ।

नवनिर्मित घरको पिल्लरमा मसला हालि भाईब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्