५ आश्विन २०८१, शनिबार
खेलकुद समाचार

महिला लिगमा फुटबलमा कोशीको विजयी सुरुवात

काठमाडौँ। कोशी प्रदेशले आइतबारदेखि सुरु भएको एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

समीक्षा मगरको दुई गोलमा आइतबार भएको उद्घाटन खेलमा कोशी प्रदेशले वालिङ नगरपालिका स्याङ्जालाई ४–० ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कोशीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा तीन गोल थप्यो ।

सानुमाया तामाङले खेलको १०औँ मिनेटमा गवल गर्दै कोशीलाई अग्रता दिलाएकी थिइन् ।

समीक्षा मगरले ५१औँ र ५९औँ मिनेटमा गोल गरिन् । यस्तै प्रतीक्षा राईले ६८औँ मिनेटमा गोल गरिन् ।

एन्फा महिला लिगमा कूल १० टोलीको सहभागिता छ । सिंगल राउण्ड रोविनको पहिलो भरणपछि शीर्ष पाँच टिमको डबल राउण्ड रोविनका आधारमा सुपर लिग र अन्तिम चरणमा प्लेअफ खेलहरू हुनेछ ।

लिगमा सोमबार सुदूरपश्चिम प्रदेश र बागमती युवा क्लबबीच खेल हुनेछ । खेल एन्फा कम्प्लेक्समा ३ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्