५ आश्विन २०८१, शनिबार
खेलकुद समाचार

सन्दीप विरुद्ध सरकारी पक्ष सर्वोच्चमा जाने तयारी

भदौ १७,  काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकार पक्षले सर्वोच्चमा पुनरावेदन गर्ने भएको छ । उच्च सरकारी वकिलको कार्यालयले (आइतबार रायसहितको फाइल पुनरावेदनका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ ।

जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालत पाटनबाट लामिछानेले सफाइ पाएसँगै उक्त घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिईन् ।

गौशाला–२६ ले अरुको दवाब र उक्साहटमा लागेर लामिछानेविरुद्ध जाहेरी दिएकोसमेत निवेदनपत्रमा खुलाएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्