५ आश्विन २०८१, शनिबार
समाचार

२१ वटा आइफोनसहित एक युवक पक्राउ

भदौ १७,  काठमाडौं । कैलालीमा २१ वटा आइफोनसहित एक युवक पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने २७ वर्षका राजु चौधरी पक्राउ परेका हुन् ।

उनलाई सोमबार ८ लाख ४० हजार मूल्य बराबरका एप्पल कम्पनीका २१ वटा सेकेन्डहेन्ड आइफोनसहित पक्राउ गरिएको कैलाली प्रहरीले बताएको छ ।

आज बिहान ११ बजे धनगढी विमानस्थलको यात्रु प्रवेशद्वार नजिक रहेको एक्सरे मेसिनमा काठमाडौँ पठाउने भनी राजुले कार्टुनमा प्याक गरी ल्याएका आइफोन फेला पारी बरामद गरेर त्रिनगर भन्सार कार्यालय कैलाली पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्