तीन डिआइजीपीको सरुवा, ट्राफिकमा बोहरा
१७ भाद्र, काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक(डिआइजीपी)को सरुवा गरिएको छ । गृह मन्त्रालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कृष्णहरी शर्मा पोखरेलको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा भएको छ ।
त्यस्तै केन्द्रिय अनुसन्धान ब्युरो लाजिम्पाटका डिआइजी किरण रानालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालका भरत बहादुर बोहरालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सरुवा गरिएको गृह मन्त्रालयका प्रहरी शाखा प्रमुख कृष्ण गैरे प्रशासनलाई जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्