५ आश्विन २०८१, शनिबार
राजनीति समाचार

स्थानीय तहको उपनिर्वाचनबारे एकीकृत समाजवादीको परिपत्र

१७ भाद्र, काठमाडौँ । मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले तयारी थालेको छ । त्यसका लागि सो पार्टीले उपनिर्वाचन हुने स्थानीय तहमा पार्टीको वस्तुस्थिति केन्द्रलाई जानकारी गराउन सम्बन्धित जिल्लालाई परिपत्र पठाएको छ ।

महासचिव घनश्याम भुसालले भदौ १६ गते परिपत्र जारी गर्दै उपनिर्वाचन हुने तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे केन्द्रलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।भुसालको परिपत्रमा निर्वाचनमा उठाउने उम्मेदवारको खोजी गर्न र निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्ने/नसक्ने अवस्थाको तथ्यपरक विश्लेषण गर्दै केन्द्रलाई रिपोर्टिङ गर्न भनेका हुन्  ।

सो पार्टीले वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपनिर्वाचन २०८१ परिचालन कमिटी समेत गठन गरेको छ । जसमा उपाध्यक्ष, उपमहासचिव, सचिव, कानुन व्यवसायी र पोलिटब्युरो सदस्य रहेका छन् ।

परिचालन कमिटीलाई रिक्त स्थानीय तहका विभिन्न पदमा आवश्यक कार्ययोजना बनाउने जिम्मेवारी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्