संविधानको मर्मलाई मूलआधार बनाई राजदूतसिफारिस गरिएको छ : मन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्रीआरजु राणाले संविधानको मर्म र राजदूतनियुक्तिसम्बन्धीनिर्देशिकालाई मूलआधार बनाईराजदूतसिफारिस गरिएको बताएकीछिन् ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिकोे बैठकमा राजदूतसिफारिसका विषयमाजवाफदिँदै उनले राजदूतहरूको नियुक्तिलाई थपव्यवस्थित, मर्यादित र कार्यसम्पादनमाआधारित बनाउनसरकार अधिकतम रूपमाप्रयासरत रहेको बताईन् ।
उनले भनिन् ‘नेपालको संविधानको धारा २८२ अनुरूप राजदूतनियुक्ति गर्ने तथा सोका लागि राजदूतनियुक्तिसम्बन्धीनिर्देशिका, २०७५ दफा ८ को (ग) बमोजिम राजदूतहरूको सिफारिस गर्ने व्यवस्थाप्रचलनमा रहेको छसंविधानको मर्म र राजदूतनियुक्तिसम्बन्धीनिर्देशिकालाई मूलआधार बनाई राजदूतहरूको नियुक्तिलाई थपव्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामाआधारित र कार्यसम्पादनमाआधारित बनाउन यो सरकार अधिकतम रूपमाप्रयासरत छ र रहनेछ ।’
उनले राजदूतनियुक्तगर्दा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट गर्ने नीतिलाई निरन्तरतादिइएको पनि स्पष्टपारिन् ।
सेवाबाहिरबाटनियुक्तिकालागिसिफारिस गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्तिअधिकतमउपयोग गर्ने गरी सिफारिस गरिएकोउनले जानकारी गराइन् ।
उनले भनिन्,‘राजदूतहरूको नियुक्तिमा राजनीति र व्यवसायिकताको सन्तुलनकालागिकम्तीमापनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाटनियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरतादिइएको छ । सेवाबाहिरबाटनियुक्तिकालागिसिफारिस गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्तिअधिकतमउपयोग गर्ने गरी सिफारिस गरिएको कुरा प्रष्टपार्न चाहन्छु ।’
त्यस्तै उनले आफ्नो भारत भ्रमणगिडविलभिजिटभएको प्रस्ट पारिन् । भ्रमणको मुख्यउद्देश्यदुईपक्षिय संयन्त्रलाई कसरी क्रियाशीलबनाउने भन्नेमा केन्द्रित रहेकोबताइन्।
भ्रमणको क्रममा एयर रुटको बारेमा कुरा राखेको र सो क्रममा टेक्निकलटिमको मिटिङ गर्ने सहमतिभएको पनिजानकारी गराईन् ।
प्रतिक्रिया दिनुहोस्