५ आश्विन २०८१, शनिबार
समाचार समाज

छहरामा फोटो खिच्दै गर्दा बगेर दुई जना बेपत्ता

१८ भाद्र,  अर्घाखाँची । कपिलवस्तु बाणगंगा–२ का २९ वर्षीय उमेश पौडेल र २४ वर्षका किशोर रास्कोटी खोलाले बगाउँदा बेपत्ता भएका छन् । उनीहरुलाई अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ र १४ सिमलपानीको बिचमा पर्ने छहरामा फोटो खिच्ने क्रममा बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठौरका अनुसार मंगलबार दिउँसो घुम्न आएका चार जना बगेका थिए । दुई जना बाँच्न सफल भए पनि बाँकी दुई जना बगेर बेपत्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्